सर्वोच्चमा कानुन दिवसको चियापान, राष्ट्रपतिसँगै उच्चपदस्थ सहभागी

काठमाडौं । सर्वोच्च अदालतले कानुन दिवसको अवसरमाबुधबार चियापान कार्यक्रम आयोजना गरेको छ। अदालतमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो। उनलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वागत गरे। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कानुन व्यवसायी, उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो।